जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु « Khabarhub

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाल्पा – जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ ।

जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।

‘गत शुक्रबार नजिकैको जङ्गलबाट उहाँहरूसहित तीन जनाले च्याउ ल्याएर खानु भएको रहेछ । शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल र्पुयाइएको थियो’, प्रनाउ भट्टराईले भने, ‘उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो ।’

च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन् । जिल्ला प्रहरीले उक्त विवरण आजै मात्र सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ८ : ३३ बजे

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

काठमाडौँ– नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

नयाँदिल्ली– भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन