आईपीएल : चेन्नईविरुद्ध गुजरातको उत्कृष्ट सुरुवात « Khabarhub

आईपीएल : चेन्नईविरुद्ध गुजरातको उत्कृष्ट सुरुवात


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल २०२६ अन्तर्गतको ६६औँ खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा चेन्नई सुपर किंग्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

पहिलो ब्याटिङ गरेको गुजरात टाइटन्सले उत्कृष्ट सुरुवात गर्दै ९ ओभरको समाप्तिसम्म कुनै विकेट नगुमाई ९६ रन बनाएको छ । गुजरातका कप्तान शुभमन गिल र साई सुदर्शन क्रीजमा छन् । कप्तान गिलले आफ्नो अर्धशतक पूरा गरिसकेका छन् र आक्रामक ब्याटिङ गरिरहेका छन् ।

खेलको क्रममा चेन्नई सुपर किंग्सलाई भने चोटका कारण झट्का लागेको छ । टोलीका विकेटकिपर–ब्याट्सम्यान संजू स्यामसन चोटका कारण मैदान छोडेर बाहिरिएका छन् । उनको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

यस खेलका लागि दुवै टोलीले बलियो प्लेइङ–११ मैदानमा उतारेका छन् । गुजरात टाइटन्समा शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर_, वाशिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, राहुल तेवतिया, अरशद खान, कागिसो रबाडा र मोहम्मद सिराज रहेका छन् ।

त्यसैगरी चेन्नई सुपर किंग्समा ऋतुराज गायकवाड (कप्तान), संजू स्यामसन (विकेटकिपर), उर्विल पटेल, डेवाल्ड ब्रेभिस, शिवम दुबे, मैथ्यू शर्ट, अंशुल कम्बोज, नूर अहमद, स्पेन्सर जोनसन, मुकेश चौधरी र गुरजपनीत सिंह रहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ८ : ४३ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको