काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने « Khabarhub

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुँदैछन् ।

प्रतियोगिताको पूर्व सन्ध्यामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने बताइन् । आफ्नो टोलीले उच्चस्तरीय प्रदर्शन गर्ने बताइन् ।

‘टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन रहेकाले यसपाली उपाधि जित्नेमा आशावादी छौँ’, कप्तान ठगुन्नाले भनिन् । उनको नेतृत्वमा नेपालले पहिलो पटक प्रतियोगिता खेल्दै छ । च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीका अन्य खेलाडीहरुमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा सहभागी अन्य टोलीका कप्तानहरुले आफूहरुले पनि उपाधि जित्नकै लागि सक्दो प्रयास गर्ने बताए । प्रतियोगिताको उद्घाटन खेल शुक्रबार दिउँसो नेपाल र भारतबीच हुनेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ९ : ४५ बजे

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध