विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित « Khabarhub

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित

गाक्पो र ब्रोबीको दुई–दुई गोल


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन – कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि जारी विश्वकपमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार राति ह्युस्टन रंगशालामा ६९ हजार दर्शकमाझ निकालेको सानदार जितसँगै डच टोली नकआउट चरणको नजिक पुगेको छ ।

पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको रोनाल्ड कोम्यानको टोलीले यो जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । समान खेलबाट स्वीडेनको ३, जापानको १ र ट्युनिसियाको शून्य अंक छ ।

खेलमा पराजित भए पनि स्वीडेनले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो, तर डच गोलकिपरको उत्कृष्ट बचाउ र फितलो फिनिसिङका कारण उनीहरू चुके ।

यस खेलमा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका स्ट्राइकर ब्रोबीले खेलको पाँचौं र १७ औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । २४ वर्षीय ब्रोबीले तीन वर्षअघि डेब्यु गरेयता देशका लागि यसअघि मात्र एक गोल गरेका थिए ।

प्रिमियर लिगका स्टार खेलाडीले भरिएको यस खेलमा लिभरपुलका स्टार कोडी गाक्पोले दोस्रो हाफको सुरुवातमै दुई गोल थपे । उनले खेलको पहिलो गोलका लागि ब्रोबीलाई पास समेत उपलब्ध गराएका थिए ।

खेलको एक घण्टा जति पुग्न लाग्दा एन्थोनी एलाङ्गाले स्वीडेनका लागि एक सान्त्वना गोल फर्काए । तर, खेलको अन्त्यतिर वेस्टह्यामका क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको ५–१ को फराकिलो जित पक्का गरे ।

खेल हेर्न ह्युस्टनको ऐतिहासिक ‘आर्टेमिस २’ चन्द्र मिसनका दुई चालक दलका सदस्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । साथै, डच राजा विलेम-अलेक्जेन्डर र सुन्तला रङको जर्सीमा सजिएका डच समर्थकको बाक्लो उपस्थितिमा नेदरल्यान्ड्सले आक्रामक सुरुवात गरेको थियो ।

पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले नै हराएको स्वीडेनका डिफेन्डरले ब्रोबीको शारीरिक शक्तिको सामना गर्न सकेनन् । अर्कोतर्फ, स्वीडेनका महँगा र नाम चलेका स्ट्राइकर अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेसले खेलभरि गोल गर्ने खासै मौका पाउन सकेनन्।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ०८ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका