सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र « Khabarhub

सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको ऐतिहासिक तथा प्रख्यात सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र रूपमा भइरहेको छ ।

पोखरीको संरक्षण, पुनः संरचना र सौन्दर्य अभिवृद्धिका लागि विभिन्न निर्माण तथा व्यवस्थापनका कामहरू भइरहेको सिद्धपोखरी पुनर्निर्माण उपभोक्ता समितिले जनाएको छ । 

निर्माण कार्यमा संलग्न अधिकांश यसअघि भक्तपुरको सिद्धपोखरी, काठमाडौँको रानीपोखरी लगायतका ऐतिहासिक पोखरीहरूको पुनर्निर्माण तथा संरक्षण कार्यमा अनुभव हासिल गरिसकेका दक्ष जनशक्ति रहेको सिद्धपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर दुगुजुले जानकारी दिए ।

सम्पूर्ण कार्य आगामी भदौ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । उनले पुनर्निर्माणका क्रममा देखिएका विभिन्न समस्याहरूलाई समाधान गर्दै झन्डै ५० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए । 

निर्माण कार्यलाई सहज बनाउन सिद्धपोखरीको पानी हाल नजिकै रहेको भाज्यपुखुमा राखिएको छ। सिद्धपोखरीमा रहेका माछाहरूलाई पनि सुरक्षित रूपमा भाज्यपुखुमा सारिएको जनाइएको छ । 

१३औँ शताब्दीको सुरुतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना र ठूला मानव–निर्मित पोखरीहरूमध्ये एक मानिन्छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : ०९ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा