चार हजार दुई सय ११ प्रतिनिधिको उपस्थितिमा रास्वपा महाधिवेशन सुरू « Khabarhub

चार हजार दुई सय ११ प्रतिनिधिको उपस्थितिमा रास्वपा महाधिवेशन सुरू


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरू भएको छ ।

चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरे । लामिछाने र शाहले घण्टी बजाएर महाधिवशेनको औपचारिक शुभारम्भ गरे।

महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन कुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत अन्य दलका नेताहरू सहभागी भएका थिए ।

महाधिवेशन अन्तर्गत बन्द सत्रमा राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन प्रस्तुत हुने रास्वपाले जनाएको छ ।

महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन् । रास्वपाले सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चयन गरेको हो ।

प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि रास्वपाले चुनावको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : ४५ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि