हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले « Khabarhub

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफूहरू पुरानो पुस्तासँग लड्न नभएर नयाँ राजनीतिक संस्कार बसाल्न आएको बताए । 

आइतबार रास्वपाको पहिलो महाधिवेशनमा मन्तव्य राख्दै डा वाग्लेले आफूहरू नेपाललाई जिताउन आएको बताए ।

‘हामी आमूल सुधारको राजनीति मार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ, हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ’, उनले भने, ‘त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ, आलोचना मात्र होइन, विकल्प दिनुपर्छ, विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ।’

उनले आफूहरूले प्रतिस्पर्धी अर्थतन्त्र चाहको, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बन्नुपर्ने र आसेपासे पुँजीवाद वा विकृत समाजवाद नभएर उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोल्नुपर्ने उनले बताए ।

‘हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस् जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसायोग्य साथ दिओस्’, उनले भने । 

साथै, उनले युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता, श्रम, सीप, ज्ञान र सृजनशीलताले यही माटोमा सम्मान र अवसर पाउनुपर्ने बताए । 

‘किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन्, उद्यमीले बिना भय लगानी गरुन्, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्’, उनले भने ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : २९ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट