रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू  « Khabarhub

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम संस्कृतिका नेताहरू कोही पनि पुगेका छैनन् । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने शब्द नसच्याएसम्म नपुग्ने घोषणा गरेका थिए । 

प्रधानमन्त्री बालेन्द्र शाहले सो भनाई नसच्याएको र त्यसको स्पष्टीकरण समेत नदिएपछि कोही पनि नेता महाधिवेशन स्थल नपुगेको देखिन्छ । 

नेकपा एमालेबाट प्रदीप ज्ञवाली उपस्थित हुँदा नेपाली कांग्रेसबाट गगन थापा नै उपस्थित भए राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिंगदेल नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन जनमत पार्टीका पूर्व अध्यक्ष सीके राउत लगायतका नेताहरू पुगेका छन् ।

पूर्व प्रधानमन्त्रीहरूमा बाबुराम भट्टराई मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थलमा पुगेको देखिन्छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो शक्ति भएकाले उनीहरूको प्रथम महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ०१ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण