रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू  « Khabarhub

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम संस्कृतिका नेताहरू कोही पनि पुगेका छैनन् । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने शब्द नसच्याएसम्म नपुग्ने घोषणा गरेका थिए । 

प्रधानमन्त्री बालेन्द्र शाहले सो भनाई नसच्याएको र त्यसको स्पष्टीकरण समेत नदिएपछि कोही पनि नेता महाधिवेशन स्थल नपुगेको देखिन्छ । 

नेकपा एमालेबाट प्रदीप ज्ञवाली उपस्थित हुँदा नेपाली कांग्रेसबाट गगन थापा नै उपस्थित भए राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिंगदेल नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन जनमत पार्टीका पूर्व अध्यक्ष सीके राउत लगायतका नेताहरू पुगेका छन् ।

पूर्व प्रधानमन्त्रीहरूमा बाबुराम भट्टराई मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थलमा पुगेको देखिन्छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो शक्ति भएकाले उनीहरूको प्रथम महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ०१ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न