‘बा’को भूमिकामा दिव्य देव « Khabarhub

‘बा’को भूमिकामा दिव्य देव


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले आइतबार नायिका सुहाना थापा र नायक दिव्य देव पन्त फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । वृद्धको भूमिका देखिएका पन्तले नै फिल्ममा ‘बा’को भूमिका निर्वाह गरेको निर्माण पक्षले बताएको छ । छोरीको भूमिकामा सुहाना छन् ।

सेतो कुर्थामा र निलो साइड ब्याक बेकेकी सुहानाले एक आम युवतीको भूमिका निर्वाह गरेको पोस्टरले संकेत गर्छ । पन्तको आँसुले उनी केही तनावमा रहेको बुझ्न सकिन्छ ।

‘बा : एक योद्धा’ शीर्षकको भाव जस्तै सन्तानका लागि बुवाले गर्ने संघर्षको कथामा फिल्म बनेको पोस्टरले संकेत गर्छ ।

सुरुमा यो फिल्मका शीर्ष कलाकारमा नायिका झरना थापा र सुहाना मात्रै सार्वजनिक गरिएको थियो । शीर्षकमै रहेको ‘बा’को भूमिका निर्वाह गर्ने कलाकारको नाम गोप्य राखिएको थियो ।

पहिलो पोस्टर सार्वजनिक भएपछि यसको उक्त भूमिकामा पन्त रहेको खुलेको हो । पन्तले आफ्नो वास्तविक उमेरभन्दा बूढो पात्रमा देखिन लागेको हुन् ।

पन्त सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । केही मेकरहरूले उनलाई ‘सबै क्षमताले पूर्ण रहँदा पनि शीर्ष नायकमा चयन हुन नसकेका कलाकार’ भन्छन् ।

यो फिल्म भदौ १९ गते प्रदर्शनमा आउने बताइएको छ । हरि लम्सालको लेखन तथा निर्देशनमा यो बनेको हो ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ३५ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल