‘बा’को भूमिकामा दिव्य देव « Khabarhub

‘बा’को भूमिकामा दिव्य देव


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले आइतबार नायिका सुहाना थापा र नायक दिव्य देव पन्त फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । वृद्धको भूमिका देखिएका पन्तले नै फिल्ममा ‘बा’को भूमिका निर्वाह गरेको निर्माण पक्षले बताएको छ । छोरीको भूमिकामा सुहाना छन् ।

सेतो कुर्थामा र निलो साइड ब्याक बेकेकी सुहानाले एक आम युवतीको भूमिका निर्वाह गरेको पोस्टरले संकेत गर्छ । पन्तको आँसुले उनी केही तनावमा रहेको बुझ्न सकिन्छ ।

‘बा : एक योद्धा’ शीर्षकको भाव जस्तै सन्तानका लागि बुवाले गर्ने संघर्षको कथामा फिल्म बनेको पोस्टरले संकेत गर्छ ।

सुरुमा यो फिल्मका शीर्ष कलाकारमा नायिका झरना थापा र सुहाना मात्रै सार्वजनिक गरिएको थियो । शीर्षकमै रहेको ‘बा’को भूमिका निर्वाह गर्ने कलाकारको नाम गोप्य राखिएको थियो ।

पहिलो पोस्टर सार्वजनिक भएपछि यसको उक्त भूमिकामा पन्त रहेको खुलेको हो । पन्तले आफ्नो वास्तविक उमेरभन्दा बूढो पात्रमा देखिन लागेको हुन् ।

पन्त सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । केही मेकरहरूले उनलाई ‘सबै क्षमताले पूर्ण रहँदा पनि शीर्ष नायकमा चयन हुन नसकेका कलाकार’ भन्छन् ।

यो फिल्म भदौ १९ गते प्रदर्शनमा आउने बताइएको छ । हरि लम्सालको लेखन तथा निर्देशनमा यो बनेको हो ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ३५ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी