नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले « Khabarhub

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र सम्भावनाको अभाव नभएर गलत प्रोत्साहन गर्ने संरचना भएको बताएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा बोल्दै उनले सो बताएका हुन् ।

उनले आफूहरू नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएको बताउँदै रास्वपा नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तीव्र आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए ।

‘जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी’, उनले भने ।

विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याएको, संविधान आएको र समावेशिताको आधार तयार भन्दै उनले यी उपलब्धिहरूको आफूहरूले सम्मान गर्ने बताए । तर, विगतमा निर्वाचनले उत्तरदायित्व कमजोर रहेको, संस्था बलियो नभएको र राज्यको क्षमता नबढेको भन्दै उनले लोकतन्त्रको गुणस्तर बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ११ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट