सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने « Khabarhub

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा देश हारेको बताएका छन् ।

युद्धपछि अमेरिका–इरान सम्झौताबाट सबैभन्दा धेरै फाइदा तेहरानले लिएको उनीहरूले बताएका छन्। सर्वेक्षणमा सहभागी ९२.१ प्रतिशत उत्तरदाताले यस सम्पूर्ण घटनाक्रममा इरान विजेता बनेर उभिएको धारणा व्यक्त गरेका छन्।

हिब्रु युनिभर्सिटी अफ जेरूसेलमद्वारा गरिएको सर्वेक्षणअनुसार ८२.९ प्रतिशत सहभागीले उक्त सैन्य अभियानले इजरायलको सुरक्षालाई कमजोर बनाएको बताएका छन् ।

८६ प्रतिशतले यसको नतिजालाई नकारात्मक रूपमा मूल्यांकन गरेका छन्। सर्वेक्षणले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूप्रतिको जनविश्वासमा पनि कमी आएको देखाएको छ।

७२.५ प्रतिशत उत्तरदाताले इजरायलले ठूलो रणनीतिक सफलता हासिल गरेको भन्ने नेतन्याहूको दाबीमा विश्वास नगर्ने बताएका छन्।

त्यस्तै ८७.८ प्रतिशतले इजरायल आफ्ना सबै लक्ष्य हासिल गर्न असफल भएको वा केही उद्देश्य मात्रै पूरा गर्न सकेको बताएका छन्।

यो सर्वेक्षण आगम इन्स्टिच्युट र हिब्रु युनिभर्सिटीले जुन १७ देखि २० सम्म सञ्चालन गरेका थिए। सर्वेक्षणमा १७ वर्ष वा सोभन्दा माथिका ३ हजार ६४४ इजरायली सहभागी थिए। यसको त्रुटि सीमा २.२ प्रतिशत रहेको बताइएको छ।

उता इरानका तेलमन्त्री मोहसेन पंकेजादले अमेरिका–इरानबीच हुने कुनै पनि अन्तिम शान्ति सम्झौताको वास्तविक परीक्षण देशको तेल क्षेत्रमा हुने बताएका छन्।

इरानी सरकारी समाचार संस्था साना न्यूज एजेन्सीका अनुसार पाकनेजादले सम्झौता सफल मान्न पश्चिमी मुलुकहरूले आफ्ना प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

उनले सम्झौतापछि इरानको तेल तथा ऊर्जा क्षेत्र विश्वभरका लगानीकर्ताका लागि आकर्षक अवसर बन्न सक्ने उल्लेख गर्दै लगानीसम्बन्धी सयौं परियोजना तयारी अवस्थामा रहेको जानकारी दिए।

यसका साथै, प्राविधिक सहकार्य र साझेदारीसम्बन्धी विभिन्न सम्झौताहरू हस्ताक्षरका लागि तयार रहेको उनको भनाइ छ।

पाकनेजादका अनुसार इरानमाथिका प्रतिबन्धहरू खुकुलो पारिए र सम्झौता पूर्ण रूपमा कार्यान्वयन भए विदेशी कम्पनीहरूले इरानको ऊर्जा क्षेत्रमा ठूलो मात्रामा लगानी गर्न सक्नेछन्।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : २६ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा