जब सीके राउतले रविलाई बीपीपछिको नेता भने… « Khabarhub

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहको निकै प्रशंसा गरेका छन् । 

डाक्टर राउतले खुलेर दुई नेताको प्रशंसा गर्दै उनीहरूले आफूले सोचेको वैकल्पिक शक्तिको सपनालाई साकार पारेको उल्लेख गरे । 

वैकल्पिक शक्ति देशको पहिलो शक्ति बनेकोमा आफूले शुभकामना दिनका लागि चितवन झरेको उल्लेख गर्दै राउतले जनताको अथवा विश्वासलाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिएका छन् । 

बोल्ने क्रममा राउतले पार्टी सभापति रवि लामिछानेलाई बीपी कोइरालापछिको उत्कृष्ट र साहसी नेताको संज्ञा दिएका छन् । 

रविलाई राउतले बीपी कोइराला पछिको नेताभन्दा महाधिवेशन प्रतिनिधिले हुटिङ लगाए ।

२०७९ मा मधेशमा उदाएको सीके राउतको जनमत पार्टीले भने २०८२ को निर्वाचनमा कुनै पनि सिट जित्न सकेन । पार्टी नेताहरूबीच झैझगडा हुँदा सीके राउतको पार्टी शून्यमा झरेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ३३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का