जब सीके राउतले रविलाई बीपीपछिको नेता भने… « Khabarhub

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहको निकै प्रशंसा गरेका छन् । 

डाक्टर राउतले खुलेर दुई नेताको प्रशंसा गर्दै उनीहरूले आफूले सोचेको वैकल्पिक शक्तिको सपनालाई साकार पारेको उल्लेख गरे । 

वैकल्पिक शक्ति देशको पहिलो शक्ति बनेकोमा आफूले शुभकामना दिनका लागि चितवन झरेको उल्लेख गर्दै राउतले जनताको अथवा विश्वासलाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिएका छन् । 

बोल्ने क्रममा राउतले पार्टी सभापति रवि लामिछानेलाई बीपी कोइरालापछिको उत्कृष्ट र साहसी नेताको संज्ञा दिएका छन् । 

रविलाई राउतले बीपी कोइराला पछिको नेताभन्दा महाधिवेशन प्रतिनिधिले हुटिङ लगाए ।

२०७९ मा मधेशमा उदाएको सीके राउतको जनमत पार्टीले भने २०८२ को निर्वाचनमा कुनै पनि सिट जित्न सकेन । पार्टी नेताहरूबीच झैझगडा हुँदा सीके राउतको पार्टी शून्यमा झरेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ३३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट