बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन « Khabarhub

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा आउँछ र वालेन्द्रले राजा ल्याउँछन् भनेर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले भोट हालेको दाबी गरेका छन् ।

रास्वपा महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताको निराशा चिर्दै काम गर्नुपर्ने उल्लेख गरे । उनले राजनीति दल संगठनको सीमाभन्दा बाहिर निस्केर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हालेको स्मरण गरे ।

‘नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि यहीँ गएको छ । अघि सिके राउतले भन्दै हुनुहुन्थ्यो, जनमत पार्टीको पनि भोट छ तपाईहरुलाई भनेर यहाँ नेपालमा राजा चाहिन्छ भन्नेको पनि भोट छ । राप्रपामा भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँहरूलाई भोट दिएका छन् । त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ,’ उनले भने ।

‘यसपालिको चुनावमा कुन राजनीतिक दलको नेताले काम गर्यो कुन संगठनले काम गर्यो यसपालिको चुनाव यस्तो भयो, न पैसाले काम गर्‍यो, न संगठनले ! एउटा यस्तो राजनीतिजल जसले देशभरि संगठन विस्तार गरेको छैन वडामा संगठन पुर्‍याएको छैन तर उसलाई जनताले दुई तिहाई मत दिए,’ उनले भने ।

उनले आम जनता राजनीतिक दल र संगठनको सीमाभन्दा एक कदम अगाडि सरेको दाबी गरे । उनले जनताको विश्वासलाई निराशामा नबदल्न समेत शुभकामना दिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ४५ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत