बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन « Khabarhub

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा आउँछ र वालेन्द्रले राजा ल्याउँछन् भनेर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले भोट हालेको दाबी गरेका छन् ।

रास्वपा महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताको निराशा चिर्दै काम गर्नुपर्ने उल्लेख गरे । उनले राजनीति दल संगठनको सीमाभन्दा बाहिर निस्केर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हालेको स्मरण गरे ।

‘नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि यहीँ गएको छ । अघि सिके राउतले भन्दै हुनुहुन्थ्यो, जनमत पार्टीको पनि भोट छ तपाईहरुलाई भनेर यहाँ नेपालमा राजा चाहिन्छ भन्नेको पनि भोट छ । राप्रपामा भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँहरूलाई भोट दिएका छन् । त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ,’ उनले भने ।

‘यसपालिको चुनावमा कुन राजनीतिक दलको नेताले काम गर्यो कुन संगठनले काम गर्यो यसपालिको चुनाव यस्तो भयो, न पैसाले काम गर्‍यो, न संगठनले ! एउटा यस्तो राजनीतिजल जसले देशभरि संगठन विस्तार गरेको छैन वडामा संगठन पुर्‍याएको छैन तर उसलाई जनताले दुई तिहाई मत दिए,’ उनले भने ।

उनले आम जनता राजनीतिक दल र संगठनको सीमाभन्दा एक कदम अगाडि सरेको दाबी गरे । उनले जनताको विश्वासलाई निराशामा नबदल्न समेत शुभकामना दिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ४५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का