रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह « Khabarhub

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह चितवनमा आइतबारदेखि सुरू राष्ट्रिय स्वन्त्र पार्टी ( रास्वपा)को पहिलो महाधिवेशनमा उपस्थित भएका छैनन्।

स्रोतका अनुसार आइतबार अपरान्ह ५ बजिसक्दा पनि उनी भतरपुरस्थित महाधिवेशनस्थलमा छिरेका छैनन्।

पछिल्लो समय प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग तीव्र असन्तुष्ट रहेका उनले महाधिवेशनमा सहभागिता नजनाउनुलाई अर्थपूर्ण मानिएको छ।

यसबारेमा जानकारी लिन खोज्दा खबरहबले उनलाई सम्पर्क गरेको थियो । फोन उठाएका उनका एकजना सहयोगीले कार्यव्यस्तताका कारण महाधिवेशनमा जान नसकेको जानकारी दिए ।

‘उहाँ अलिक कार्यव्यस्तताले जान सक्नु भएको छैन । अहिले उहाँ जान लाग्नु भएको छ’, सिंहका सहयोगीले भने, ‘सम्भवत: उहाँ बाटोमा हुनु हुन्छ। बेलुकासम्म पुग्नु हुन्छ होला।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ०१ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट