मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह « Khabarhub

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने ठाउँ नरहेको स्पष्ट पारेका छन् । रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता समेत रहेका शाहले एउटा असल नेता बन्न र राम्रो राजनीतिक आस्था बोक्नका लागि कुनै खास समूह वा गुटको फेरो समात्नु नपर्ने बरु आम जनताको मन जित्नु नै सबैभन्दा ठुलो कुरा भएको बताएका छन् । उनले पार्टीभित्र कुनै पनि प्रकारको गुटउपगुट नरहेको र सबै एकजुट भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन् ।

महाधिवेशनका क्रममा उनले वर्षौँदेखि थाती रहेको सुकुम्बासी समस्या र पछिल्लो समय निकै जटिल बनेको सहकारीको समस्यालाई यही कार्यकालभित्रै पूर्ण रूपमा समाधान गर्ने दृढता उनले व्यक्त गरे । देशमा जे-जति राम्रा र उदाहरणीय कामहरू हुन्छन्, ती सबै यही पार्टीको अगुवाइमा हुने दाबी गर्दै उनले रास्वपाका हरेक तह र तप्कामा रहेका व्यक्तिहरू आफैँमा प्रधानमन्त्री सरह जिम्मेवार र सक्षम रहेको टिप्पणी गरे ।

नेता शाहले पार्टी पङ्क्तिलाई एकजुट हुन आग्रह गर्दै अहिलेको समय संगठन सुदृढीकरण र त्यसपछि मुलुकको समृद्धिका लागि केन्द्रित हुनुपर्ने धारणा राखे । हामी सबैको पार्टी एउटै भएकाले यसलाई थप बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा राख्दै उनले महाधिवेशनका केही दिन पार्टीको आन्तरिक जीवन र नीति निर्माणका बारेमा गम्भीरतापूर्वक सोच्न र त्यसलगत्तै मुलुकको वृहत्तर हित र देश निर्माणको महाअभियानमा केन्द्रित हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ५१ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ