मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह « Khabarhub

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने ठाउँ नरहेको स्पष्ट पारेका छन् । रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता समेत रहेका शाहले एउटा असल नेता बन्न र राम्रो राजनीतिक आस्था बोक्नका लागि कुनै खास समूह वा गुटको फेरो समात्नु नपर्ने बरु आम जनताको मन जित्नु नै सबैभन्दा ठुलो कुरा भएको बताएका छन् । उनले पार्टीभित्र कुनै पनि प्रकारको गुटउपगुट नरहेको र सबै एकजुट भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन् ।

महाधिवेशनका क्रममा उनले वर्षौँदेखि थाती रहेको सुकुम्बासी समस्या र पछिल्लो समय निकै जटिल बनेको सहकारीको समस्यालाई यही कार्यकालभित्रै पूर्ण रूपमा समाधान गर्ने दृढता उनले व्यक्त गरे । देशमा जे-जति राम्रा र उदाहरणीय कामहरू हुन्छन्, ती सबै यही पार्टीको अगुवाइमा हुने दाबी गर्दै उनले रास्वपाका हरेक तह र तप्कामा रहेका व्यक्तिहरू आफैँमा प्रधानमन्त्री सरह जिम्मेवार र सक्षम रहेको टिप्पणी गरे ।

नेता शाहले पार्टी पङ्क्तिलाई एकजुट हुन आग्रह गर्दै अहिलेको समय संगठन सुदृढीकरण र त्यसपछि मुलुकको समृद्धिका लागि केन्द्रित हुनुपर्ने धारणा राखे । हामी सबैको पार्टी एउटै भएकाले यसलाई थप बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा राख्दै उनले महाधिवेशनका केही दिन पार्टीको आन्तरिक जीवन र नीति निर्माणका बारेमा गम्भीरतापूर्वक सोच्न र त्यसलगत्तै मुलुकको वृहत्तर हित र देश निर्माणको महाअभियानमा केन्द्रित हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ५१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का