हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन « Khabarhub

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु बाढी नै ल्याएर खोला फर्काएको बताएका छन् ।

आइतबार चितवनमा भएको रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै शाहले अन्य दलका नेताको प्रश्नको जवाफ दिने क्रममा सो बताएका हुन् ।

‘जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ’, उनले भने, ‘हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको हो । खोला एकपटक आफ्नो सिधा बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ ।’

साथै, प्रधानमन्त्री बालेनले रास्वपा हावाजस्तो लेफ्टराइट, उत्तरदक्षिण, पूर्वपश्चिम नबग्ने पनि बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ५४ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट