रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने « Khabarhub

रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि गुट र उपगुटमा नलागी विगतका राजनीतिक दलहरूको अनुभव र गल्तीबाट सिकेर अगाडि बढेमा रास्वपालाई कसैले पनि ढाल्न नसक्ने दाबी गरेका छन् । पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै देश र जनताको हितमा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

राजनीतिमा कहिलेकाहीँ अरूले त्याग गर्दा खुसी हुने तर आफूले गर्नुपर्दा असहमति जनाउने प्रवृत्ति देखिने गरेको भन्दै उनले यस प्रथम महाधिवेशनले पार्टीभित्र रहेका केही वैमनस्यता र असमझदारीहरूलाई सधैँका लागि अन्त्य गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँगको राजनीतिक सहकार्य र ट्युनिङलाई फुटबलको शैलीमा रोचक ढंगले प्रस्तुत गर्दै लामिछानेले अब मुलुक निर्माणको मुख्य जिम्मेवारी प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहको काँधमा रहेको स्पष्ट पारे ।

बालेन शाहको खुट्टामा बल पुगिसकेकाले अब ड्याम ड्याम गोल हान्ने जिम्मा उनकै भएको भन्दै उनले खेलको मैदानमा झुक्केर कहीँ कतै आफूतिर बल आए पनि त्यसलाई पुनः बालेनकै खुट्टामा पास गर्ने प्रतिबद्धता जनाए । बालेन र आफ्नो सम्बन्धलाई लिएर बाहिर अनेकन अड्कलबाजी गर्ने र मुख मठ्याउनेहरू धेरै भए पनि आफूहरू त्यस्ता आलोचनाको जवाफ दिन नभई इतिहास र भविष्यका सन्ततिप्रति उत्तरदायी बन्न केन्द्रित रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : १० बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट