रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने « Khabarhub

रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि गुट र उपगुटमा नलागी विगतका राजनीतिक दलहरूको अनुभव र गल्तीबाट सिकेर अगाडि बढेमा रास्वपालाई कसैले पनि ढाल्न नसक्ने दाबी गरेका छन् । पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै देश र जनताको हितमा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

राजनीतिमा कहिलेकाहीँ अरूले त्याग गर्दा खुसी हुने तर आफूले गर्नुपर्दा असहमति जनाउने प्रवृत्ति देखिने गरेको भन्दै उनले यस प्रथम महाधिवेशनले पार्टीभित्र रहेका केही वैमनस्यता र असमझदारीहरूलाई सधैँका लागि अन्त्य गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँगको राजनीतिक सहकार्य र ट्युनिङलाई फुटबलको शैलीमा रोचक ढंगले प्रस्तुत गर्दै लामिछानेले अब मुलुक निर्माणको मुख्य जिम्मेवारी प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहको काँधमा रहेको स्पष्ट पारे ।

बालेन शाहको खुट्टामा बल पुगिसकेकाले अब ड्याम ड्याम गोल हान्ने जिम्मा उनकै भएको भन्दै उनले खेलको मैदानमा झुक्केर कहीँ कतै आफूतिर बल आए पनि त्यसलाई पुनः बालेनकै खुट्टामा पास गर्ने प्रतिबद्धता जनाए । बालेन र आफ्नो सम्बन्धलाई लिएर बाहिर अनेकन अड्कलबाजी गर्ने र मुख मठ्याउनेहरू धेरै भए पनि आफूहरू त्यस्ता आलोचनाको जवाफ दिन नभई इतिहास र भविष्यका सन्ततिप्रति उत्तरदायी बन्न केन्द्रित रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : १० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का