एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन « Khabarhub

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने भन्दै समूहमा लागेर नेता बन्न नसकिने बताएका छन् । आइतबार चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा बोल्दै उनले सो बताएका हुन् ।

‘पार्टीको संस्कार पहिला कताकता बिग्रिएको थियो, गुट बनाउने, यहाँ महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ, केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला’, उनले भने, ‘तपाईंहरूलाई एउटा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन ।’

समूह बनाउने पछाडि नलाग्न भन्दै उनले त्यस्तो बिउ नरोप्न उनले भने । उनले पार्टीमा कोही पनि केन्द्रीय सदस्य नभएमा पनि चिन्ता नलिन भन्दै एकल सरकार भएकोले सबै मन्त्री भएको पनि बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : २६ बजे

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला