वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति « Khabarhub

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेसँगै बालीनालीमा हुने क्षतिबाट पीडित भएका किसानलाई राहत दिने नीति अघि सारेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सरोज थापाले वन्यजन्तु पीडित किसानलाई राहत दिने नीति अघि सारिएको बताए ।

अध्यक्ष थापाले पालिकाभित्र मुख्य समस्याका रूपमा देखा परेको बाँदर, बँदेललगायत वन्यजन्तुको समस्या समाधानका लागि सङ्घ, प्रदेश र विभिन्न सरोकार भएका निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने घोषणा गरे । उत्पादनमुखी कृषिलाई प्रोत्साहन गर्न गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको कार्यक्रम ‘कृषिउपज उत्पादनः हातहातमा अनुदान’ भन्ने नीतिलाई यस पटक पनि निरन्तरता दिने उनको भनाइ छ ।

खेतीयोग्य जमिनलाई बाँझो राख्ने बढ्दो प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकाले कृषिभूमि बैंकको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय बालीको बीउबिजन सङ्कलन र व्यवस्थापन गर्दै लोपोन्मुख अवस्थामा रहेका कोदो, लट्टे, जुनेलो, घैया, तीते फापर, जौ, उवालगायत बालीको उत्पादन वृद्धि गर्न र संरक्षणका लागि किसानलाई विशेष प्रोत्साहन गरिने उल्लेख गरे ।

पालिकाले ‘कृषि उत्पादनमा वृद्धिः गुल्मीदरबारको समृद्धि’को नारालाई आत्मसात् गर्दै लागत साझेदारीमा फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, च्याउ, पुष्पखेती, कफीखेतीलगायत व्यावसायिक परियोजना सञ्चालन गर्ने जनाएको छ । घरघरमा उद्यमशीलताको लहर ल्याउन ‘आँगनमा फूलबारी, कौशीमा मौरी घारी, घरपछाडी करेसाबारी’ कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी ‘गुणस्तरीय खाना उत्पादनमा स्वच्छता’ नीति अपनाउँदै अर्गानिक उत्पादन र रासायनिक मलको विकल्पमा जैविक तथा गड्यौलाको मलको प्रयोगलाई बढावा दिने योजना अघि सारिएको अध्यक्ष थापाले जानकारी दिए ।

पशुपालनतर्फ ‘मेरो पशुपक्षीः मेरो सम्पत्ति’ अभियान सञ्चालन गरी पशुहरूमा लाग्ने रोगको रोकथाम र उपचार पद्धतिलाई प्रभावकारी बनाउने तथा पशुको नस्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवालाई निरन्तरता दिइने उल्लेख गरेको छ । कृषि र पशु बिमा कार्यक्रममार्फत किसानद्वारा गरिएको लगानीको जोखिम न्यूनीकरण गरिनुका साथै पालिकाभित्रका उत्कृष्ट किसानलाई प्रोत्साहन गर्न ‘गुल्मीदरबार उत्कृष्ट कृषक सम्मान’ कार्यक्रमलाई निरन्तरता दिइने नीतिमा समेटिएको छ ।

पालिकाले ‘गुल्मीदरबारका महिलाः उद्यमशीलतामा पहिला’ भन्ने मूलमर्मलाई आत्मसात् गर्दै महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी, स्वास्थ्यतर्फ ‘हाम्रो गाउँ, स्वस्थ बनाऔँ’, ‘साथी शिक्षा’, ‘मेरी आमाः स्वास्थ आमा’, ‘उपाध्यक्ष कोेसेली’ लगायत कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई सुदृढ र पारदर्शी बनाउन समस्याग्रस्त सहकारीहरूको अध्ययन गरी समाधानको पहल विषय पनि समेटिएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ७ : ११ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष