साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता « Khabarhub

फिफा विश्वकप

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध शानदार सुरुवात गरेको छ। खेलको पहिलो हाफ जारी रहँदा स्पेनले ३–० गोलको अग्रता बनाउँदै साउदीमाथि दबाब सिर्जना गरेको छ। उसका लागि लामिन यमालले एक गोल गरे भने मिकेल ओयारजाबालले दुई गोल गरे ।

अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनका लागि यो खेल निकै महत्वपूर्ण मानिएको थियो। त्यसैले प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले सुरुवातदेखि नै आक्रामक फुटबल खेल्दै साउदीको रक्षापंक्ति तोडेको हो ।

स्पेनले बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरिरहेको छ । युवा स्टार खेलाडी लामिन यामालसहितको आक्रमण लाइनले साउदी डिफेन्सलाई लगातार चुनौती दिएको छ।

पहिलो हाफको अन्त्यसम्म स्पेनले ३–० को बलियो अग्रता बनाइसकेको छ। दोस्रो हाफमा साउदीले पुनरागमन गर्ने प्रयास गर्नेछ भने स्पेन आफ्नो अग्रता अझ बढाउने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : १५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का