साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता « Khabarhub

फिफा विश्वकप

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध शानदार सुरुवात गरेको छ। खेलको पहिलो हाफ जारी रहँदा स्पेनले ३–० गोलको अग्रता बनाउँदै साउदीमाथि दबाब सिर्जना गरेको छ। उसका लागि लामिन यमालले एक गोल गरे भने मिकेल ओयारजाबालले दुई गोल गरे ।

अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनका लागि यो खेल निकै महत्वपूर्ण मानिएको थियो। त्यसैले प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले सुरुवातदेखि नै आक्रामक फुटबल खेल्दै साउदीको रक्षापंक्ति तोडेको हो ।

स्पेनले बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरिरहेको छ । युवा स्टार खेलाडी लामिन यामालसहितको आक्रमण लाइनले साउदी डिफेन्सलाई लगातार चुनौती दिएको छ।

पहिलो हाफको अन्त्यसम्म स्पेनले ३–० को बलियो अग्रता बनाइसकेको छ। दोस्रो हाफमा साउदीले पुनरागमन गर्ने प्रयास गर्नेछ भने स्पेन आफ्नो अग्रता अझ बढाउने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : १५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट