क्षेत्रीय शान्तिका लागि चीन सबैभन्दा ठूलो खतरा : ताइवानी राष्ट्रपति « Khabarhub

क्षेत्रीय शान्तिका लागि चीन सबैभन्दा ठूलो खतरा : ताइवानी राष्ट्रपति


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानका राष्ट्रपति लाई चिङ-तेले ताइवानको पूर्वी जलक्षेत्रमा चिनियाँ सरकारी जहाजहरूको बढ्दो गतिविधिलाई लिएर चीनको कडा आलोचना गरेका छन्। ताइपेईमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति लाईले कानुन कार्यान्वयनको बहाना बनाएर छिमेकी देशहरूको विशेष आर्थिक क्षेत्र मा जथाभावी प्रवेश गर्ने र वास्तवमा आफ्नो विस्तारवादी नीति अघि बढाउने चीन नै यस क्षेत्रका छिमेकी मुलुकहरूका लागि एकमात्र र सबैभन्दा ठूलो खतरा भएको बताए। जापान र फिलिपिन्सबीच भइरहेको समुद्री सीमा निर्धारण वार्तालाई बहाना बनाउँदै बेइजिङले ताइवान पूर्वी जलक्षेत्रमा आफ्ना गतिविधिहरू तीव्र पारेपछि ताइवानी राष्ट्रपतिको यो टिप्पणी आएको हो।

जापान र फिलिपिन्सबीचको सो वार्ताका कारण ताइवानको सार्वभौमसत्ता र हितमा आघात पुग्न सक्ने भन्दै ताइवानका विपक्षी दलहरूले वर्तमान प्रशासनलाई ‘कमजोर’ भएको आरोप लगाएका थिए। विपक्षीहरूको सो आलोचनाको खण्डन गर्दै राष्ट्रपति लाईले भियना महासन्धि अनुसार दुई देशबीचको वार्ताले तेस्रो पक्षको अधिकारलाई कुनै असर नगर्ने स्पष्ट पारे।

गत मे महिनामा जापान र फिलिपिन्सबीच सीमा वार्ता सुरु गर्ने सहमति भएपछि चीनले आक्रोश व्यक्त गर्दै ताइवानको पूर्वी जलक्षेत्रमा आफ्नो पनि विशेष आर्थिक क्षेत्र प्रभावित हुने दाबी गरेको थियो । त्यसयता चिनियाँ तटरक्षक र समुद्री अधिकारीका जहाजहरूले सो क्षेत्रमा ‘विशेष समुद्री ट्राफिक कानुन कार्यान्वयन र सर्वेक्षण’ का नाममा गस्ती बढाएका छन्।

राष्ट्रपति लाईले अन्तर्राष्ट्रिय कानुनअनुसार चीन त्यस क्षेत्रको तटीय राज्य नभएकाले उसको दाबीको कुनै आधार नभएको उल्लेख गरे। चिनियाँ गतिविधिलाई एक ‘गम्भीर र आसन्न खतरा’ को संज्ञा दिँदै उनले यसका विरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई एकजुट भई कदम चाल्न आह्वान गरे। साथै, चीनको ‘ग्रे-जोन’ रणनीति र सूचना युद्धको सामना गरिरहेका इन्डो-प्यासिफिक क्षेत्रका देशहरूलाई थप निकट भएर सहकार्य गर्न आग्रह गर्दै उनले सामूहिक रक्षा र जिम्मेवारीको बाँडफाँडबाट मात्र चिनियाँ आक्रामकतालाई रोक्न सकिने कुरामा जोड दिए।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : ५८ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल