एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा « Khabarhub

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

नेपालले चुच्चे नक्सा हटाएको दाबी


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने नक्साबारे भारतीय सञ्चारमाध्यमहरूले विभिन्न दाबी गर्न थालेका छन्। भारतीय समाचार च्यानल ‘आजतक’ ले नेपालले एक रुपैयाँको नयाँ सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेख समेटिएको चुच्चे नक्सा हटाउन तयार भएको दाबी गरेको छ।

भारतीय मिडियाका अनुसार भारतसँगको कूटनीतिक संवाद र विवादका बीच नेपालले नयाँ सिक्का जारी गर्दा उक्त क्षेत्रहरू हटाइएको नक्सा प्रयोग गर्न लागेको उल्लेख गरिएको छ।

नेपालले भने यसअघि नै संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको छ।

सरकारले एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङस्थित ‘घार गुम्बा’ को चित्र राख्ने निर्णय गरेसँगै यसको देशभित्र र बाहिर तीव्र चर्चा र विरोध सुरु भएको छ।

मन्त्रिपरिषद्‌ बैठकको उक्त निर्णय सार्वजनिक भएसँगै भारतीय सञ्चारमाध्यमहरूले नेपाल पछि हटेको र लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेटिएको नक्सा सिक्काबाट हटाउन तयार भएको भन्दै प्रचार सुरु गरेका छन्। भारतीय मिडिया ‘आजतक’ ले यसलाई कूटनीतिक सफलताको रूपमा प्रस्तुत गर्दै नक्सा विवाद समाधानतर्फ गएको दाबी गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ४० बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा