कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो « Khabarhub

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले कारभित्र एक व्यक्ति जलेको अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

घटनाको प्रकृति, मृतकको पहिचान तथा आगलागीको कारणबारे तत्काल केही खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा प्राविधिक परीक्षणसहित आवश्यक अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाइएको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : ३१ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया