ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू) « Khabarhub

ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ ।

सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेको छ । सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो ।

सडक भासिँदा फर्निचरभित्र ६ जना थिए । बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू भागेर निस्किएका थिए । 

फर्निचरमा गाडिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर संचालकले बताएका छन् । 

तीमध्ये केही फलाम बाङ्गिएका छन्, जसले सडक भासिँदा परेको दबाबको अवस्था स्पष्ट देखाउँछ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १ : ३३ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको