नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन  « Khabarhub

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् । 

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले विगत सात दशकमा दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको बताए । 

उनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न क्षेत्रमा नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । 

‘नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा भएको लामो र निरन्तरको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ’, पुनले भने, ‘नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पुर्‍याएको सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ । त्यसैगरी, रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेशागत क्षेत्रमा नेपालका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। यस्ता जनस्तरका सम्बन्ध आज पनि नेपाल–रुस मित्रताको सबैभन्दा बलियो आधारमध्ये एक हुन् ।’ 

पूर्व अर्थमन्त्री पुनले नेपाल दिगो आर्थिक विकास र समृद्धितर्फ अघि बढिरहेको वर्तमान अवस्थामा दुई द देशबीच पारस्परिक सम्मान र लाभ तथा साझा आकांक्षामा आधारित अन्तर्राष्ट्रिय साझेदारीको महत्त्व अझ बढ्दै गएको उल्लेख गरे । 

नेपाल–रुसबीच विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यको बलियो आधारलाई टेकेर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना औँल्याए । 

उनले दुवै देशका सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक समुदाय तथा जनस्तरका सञ्जालबीच थप सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ, गतिशील र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । 

पुनले नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यको सहकार्यलाई अझ मजबुत बनाउने अवसरसमेत भएको बताए । 

कार्यक्रममा पुनले नेपाल र रुसबीच सात दशकमा भएका उच्चस्तरीय भ्रमण, सहकार्य र जनस्तरका सम्बन्ध समेटिएका तस्बिर संग्रह राखिएको प्रदर्शनीको उद्घाटन गरेका थिए । उक्त फोटो प्रदर्शनी नेपाल र रुसबीचको सात दशक लामो मित्रता, पारस्परिक सम्मान र सहकार्यको जीवन्त दस्ताबेज भएको उल्लेख गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ३२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया