व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली ! « Khabarhub

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन संकुचित हुन्छ । साधारण व्यक्तिले गरेको कामलाई उनीहरूले गर्दा अस्वभाविक लाग्छ ।

कलाकारहरू आफ्ना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साझा गरिरहेका हुन्छन् । दर्शकलाई निजी जीवन र व्यक्तिगत भावनामा सेयर गर्न उनीहरूको उद्देश्य रहन्छ । यही उद्देश्यले उनीहरू बढी विवादमा पर्छन् ।

पछिल्लो उदाहरण गायक प्रताप दास हुन् । उनी अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीका फ्यान हुन् ।

ट्याटुका सौखिन् प्रतापले मेसीलाई ट्याटु गर्धनमुनि ढाडको माथिल्लो भागमा खोपे । यो ट्याटु खोप्नुपछाडिको उनको भावना कमजोर छैन ।

मेसीका फ्यान करोडौं छन् । मेसीका लागि प्रताप लाखौं करोडौंमा एक हुन् । तर, मेसी आफ्नो लागि एकल आइडल रहेको जताउन उनले ट्याटु खोपे ।

ट्याटु खोपेको भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘तिम्रा (मेसी) अनगिन्ती फ्यान होलान् । तीमध्ये म पनि एक हुँ । तर, मेरा लागि तिमी अनगिन्तीमध्ये एक होइनौँ । मेरो एक भनेको तिमी हौ, लियो मेसी ।’

प्रताप पनि सानो प्रोफाइन भएका कलाकार होइनन् । दुई–लाख फ्यान–फलोअर्स कमाइसकेका कलाकार हुन् ।

उनले यस्ता खेलाडीको ट्याटु हाने कि जसलाई अर्का महान फुटबलर रोनाल्डोका अधिकतम् फ्यानले हेट गर्छन् ।

अझ यसपाली विश्वकपबाट नर्वे, ब्राजिल, फ्रान्स, जर्मनी, इङल्यान्डलयगातका अधिकांश समर्थकहरूले पनि मेसीप्रति घृणा देखाएका छन् ।

प्रतापका फ्यान-फलोअर्स मेसीका मात्रै फ्यान छैनन् । अन्य खेलाडी र देशका पनि छन् । अझ ती व्यक्तिहरू पनि उनका फ्यान छन्, जो मेसीको कडा आलोचक हुन् ।

तीनै व्यक्तिहरूबाट वा मेसीको ट्याटु खोपेको मन नपराउनेहरूबाट प्रतापले गाली खाइरहेका छन् ।

केहीले ‘आमा बुवा अनुहारको ट्याटु खोप्नुपर्ने’ भन्ने कुतर्कसहितको कमेन्ट पनि छोडेका छन् ।

ट्याटु खोपेकै कारण उनीको मानसिक स्वास्थ्यमा पनि प्रश्न उठाइएको छ । केहीले ‘पैसा धेरै भएर ट्याटु हानेको’ भन्ने कमेन्ट गरेका छन् ।

मेसीलाई ट्याटु हानेकै कारण दिपेन्द्र सिवाकोटीले लेखेका छन्, ‘अहिले तिमीलाई नेपाल आइडलमा भोट गरेकामा पछुतो लाग्दैछ ।’

ज्यानभरी ट्याटु खोप्दा वास्ता नगर्नेहरू मेसीको ट्याटु खोप्दा चाहिँ स्वास्थ्य चिन्ता देखाएर गाली गरिरहेका छन् ।

ट्याटु हान्ने प्रतापको व्यक्तिगत अधिकार हो । यसले कसैलाई हानी गरेको छैन । तर यति धेरै नकारात्मक प्रतिक्रियाको उनी शिकार हुनु परेको छ । केही व्यक्तिगत तहमै उत्रिएका छन् ।

यस ट्याटु हानेको सबैले मन नपराएका होइनन् । केहीले मन पराएका छन् । केहीले उनको भावनाको उच्च सम्मना गरेका छन् । केहीले प्रतापमाथि यस विषयमा नकारात्मक टिप्पणी गर्नु उचित नभएको धारणा पनि राखेका छन् ।

व्यक्तिगत कुरा सेयर केही पक्षबाट कलाकारले नकारात्मक टिप्पणी पाउनु स्वभाविक हो । तर, व्यक्तिगत तवरमा र अश्लील शब्द भेट्नु खेदजनक हो । यसले मुलुकको डिलिटल साक्षारताको अवस्था पनि चित्रित गर्छ ।

यसरी व्यक्तिगत विषयमा गाली खाने प्रताप मात्रै पहिलो कलाकार होइनन् । यो प्रवृतिबाट अन्य कलाकार पनि शिकार छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह