शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता « Khabarhub

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, साझा हितका विषय तथा शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

भेटमा नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने, शिक्षा क्षेत्रमा अमेरिकी सहयोगलाई प्रभावकारी बनाउने तथा आगामी दिनमा प्राविधिक र व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षा प्रवर्द्धन र खेलकुद क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।

अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ। विशेषगरी अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत प्रारम्भिक पठन तथा सिकाइ कार्यक्रम र शिक्षा क्षेत्रका विभिन्न परियोजनामा सहकार्य हुँदै आएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले सरकारले शिक्षा क्षेत्रमा सुधारका विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको बताए।

मन्त्री पोखरेलले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र जीवनोपयोगी सीपमा आधारित पाठ्यक्रम निर्माणमा मन्त्रालय केन्द्रित रहेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रमको अभिन्न अंग बनाउने गरी काम भइरहेको जानकारी दिए।

उनले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कन प्रक्रिया अघि बढाइएको र सोही आधारमा आवश्यकताअनुसार बजेट विनियोजन गरिने बताए। भौतिक पूर्वाधार विकास, शैक्षिक सुविधा विस्तार तथा शिक्षकको पेसागत क्षमता अभिवृद्धिलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षक तालिम, विद्यालय स्वास्थ्य र पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने बताए।

अमेरिकी कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्यमार्फत सहयोग गर्न अमेरिका सकारात्मक रहेको बताए। उनले शिक्षा तथा खेलकुद मन्त्रालयले अघि बढाएका सुधारका कार्यक्रमबारे अमेरिकी सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागि अमेरिका तयार रहेको बताए।

उनले सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिकी सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : १७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ