यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता « Khabarhub

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको आडमा फिल्म प्रदर्शनमा ल्याउने होडबाजी भदौ १२ ले प्रष्ट पार्छ । भारतीय फिल्मसँग उनीहरू कति डराउँछन् भन्ने पनि यही मितिको घटनाले प्रष्ट पार्छ ।

अझैँ पनि मेकरहरू ‘चाडबाडका सार्वजनिक बिदामा दर्शक हलमा आउँछन्’ भन्ने मानसिकताबाटै फिल्म प्रदर्शन गर्छन् । यो प्रवृति पुरानै हो ।

‘कन्टेन्ट बलियो छ’ भन्ने कन्फिडेन्स राखेर उपयुक्त र सहज मितिमा फिल्म प्रदर्शन गर्ने मानसिकता बहुसंख्यमै भेटिदैन ।

अरु के के कुरा गर्नु ? प्राइम नायिकाको समय कटाएर मेकिङमा आएकाहरूको पनि त्यही ताल छ । यो कुरा पनि भदौ १२ ले प्रष्ट पार्छ ।

भदौ १२ गते शुक्रबार जनैपूर्णिमा हो । १३ गते शनिबार गाइजात्रा । १४ गते रोपाइ जात्राको बिदा । शुक्रबार र शनिबार चाड नै भयो, आइतबार उत्सवको बिदा । यसैको आडमा मेकरहरू फिल्म चलाउन तम्सिए ।

दशैँको लामो बिदामा पनि तीन फिल्म मात्रै प्रदर्शनमा आउने गर्छन् । यो तीन बिदाको दाउ छोप्न पाँच फिल्मका मेकरहरूले दौड लगाए ।

भदौ १२ लाई प्रदर्शन मिति तोक्ने फिल्महरू हन्– नायिका नीता ढुंगानाको ‘पार्वती’, अर्की नायिका प्रियंका कार्कीको ‘मास्टर्नी’, ‘जदौ’, ‘बेहुली’ र ‘ग्रेट’ । चार वटा दौडबाट बाहिरिए । उनीहरू बाहिरिनुको कारण भारतीय फिल्म हो ।

‘टक्सिक’सँग नीताको अडान

भारतीय सुपरस्टार यश स्टारर फिल्म ‘टक्सिक’ अगस्ट २६ बाट भारतमा प्रदर्शन हुँदैछ । त्यसको दुई दिनपछि भदौ १२ बाट नेपालमा प्रदर्शनमा आउनेछ ।

‘केजीएफ’ फेम्ड नायक यश नेपालमा पनि राम्रो फ्यान फलोअर्स भएका नायक हुन् । उनी क्वालिटी फिल्म दिने नायकका रुपमा चिनिन्छन् ।

पछिल्लो समय उनका फिल्मले नेपालमा राम्रो व्यापार गरेको तथ्य छ । उनको फिल्मले नेपाली सुपरहिट फिल्मभन्दा बढी व्यापार गरेको पाइन्छ ।

त्यहीकारण चार फिल्म बक्स अफिस भिडिन्तबाट बाहिरिएका हुन् ।

जसमा प्रियंकाको कन्फिडेन्सले पनि हार खायो । जबकि उनले फिल्म घोषणा गर्दा नै ‘ब्ल्कबस्टर’को ट्याग थमाएकी थिइन् । यो फिल्म भदौ १२ को अघिल्लो साता भदौ ५ मा सरेको छ ।

अहिले मेकरहरूको डिमान्डमा रहेका राइजिङ हिरो पारस बम ‘कुल ब्वाइ’को फिल्म ‘बेहुली’ भदौ २६ मा पुगेको छ ।

सेन्सर बोर्डका सदस्यसमेत रहेका मनोज पण्डितको फिल्म पनि उक्त मितिमा नआउने र अर्को प्रदर्शन मिति नतोकिएको अवस्थामा छ ।

नायिका नीति शाह,नायक मुकुन भुसाल र नायिका ऋचा शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘जदौ’ पनि सरेर असोज ९ मा पुगेको छ ।

नायिका नीता भने आफ्नै अडानमा छिन् । उनले यशको ‘टक्सिक’सँग ‘पार्वती’को बक्स अफिस प्रतिस्पर्धा गराउने नै भएकी छन् ।

यशसँग भिडेका थिए अनमोल

०७९ को नयाँ वर्षमा यशको स्टारर ‘केजीएफ २’ र नेपाली नायक अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को बक्स अफिस प्रतिस्पर्धा भएको थियो ।

प्रदर्शनअघि निकै हाइप बनाएको ‘केजीएफ’सँग प्रतिस्पर्धा गरेर अनमोलले आफ्नो स्टारडम देखाएका थिए ।

‘ए मेरो हजुर ४’ले पनि बक्स अफिसबाटै लगानी उठाएको निर्माताको दाबी थियो । यहीबाट अनमोलको स्टारडमले थप चर्चा पाउन थालेको हो । उनीप्रति निर्माताको कन्फिडेन्स बढेको हो ।

अनमोलको जस्तै जोखिम यसपाली निर्माता र अभिनेतृको हैसियतले नीताले लिएकी छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १० : ३२ बजे

सलमानको बदलिएको स्वरूपले बढायो जिज्ञासा

काठमाडौं– बलिउड सुपरस्टार सलमान खान फेरि एकपटक चर्चाको केन्द्रमा छन् । 

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

एजेन्सी– इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट