आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ६ गते बुधबार सन् २०२६ जुलाई २२ तारिख। असार शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट उन्नती हुनेछ। दाजुभाइको संगतले भाग्यको उदय हुनेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ। शिक्षामा फाइदा हुनेछ।

वृष : शुभ दिन छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धन आर्जन हुनेछ। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यको सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

मिथुन :  विज्ञसँगको भेट रमाइलो बन्नेछ। अभिभावकको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। मनमा चिन्ता थपिने छ। आज विवाद हुने भएकाले सकेसम्म नबोल्नु उचित हुनेछ । पन्छीलाई दाना दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने समय आएको छ।

सिंह : दिन राम्रो छ। सम्पत्ति खर्च गरेर राजनीतिमा नाम कमाउने दिन छ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। विवाद नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गरेमा नाफा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारमा फाइदा हुनेछ। जमिनको कारोबारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। इज्जत बढ्नेछ। औषधी नियमित नगरे स्वास्थ्यमा भने सम:या हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। परिवारको बोझ थपिँदा मनमा चिन्ता बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राज्यमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। परिवारसँग रमाइलो घुलमिल हुनेछ। विपक्षीको विरोध नगर्नु राम्रो हुनेछ। रााजनीतिक क्षेत्रमा सचेत हुनुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ।

मकर : काममा बन्ने दिन छ । तत्काल विदेश यात्रामा नजानु उचित हुन्छ। आफन्तसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : धार्मिक व्यक्तिसँग भेट हुनेछ। मन शान्त हुनेछ। विरोधी सक्रिय भएकाले हरेक काममा सचेत बन्नुपर्ने देखिन्छ। यात्रा अनावश्यक हुनेछ।

मीन : दिन सामान्य छ। साथीसँग विवाद बढ्नेछ। स्वास्थ्य र शिक्षाले साथ दिनेछ। बोल्नु अगाडि सोच्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर गरेको यात्रा सहज बन्नेछ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : १५ बजे

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा