एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर « Khabarhub

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन रोजर्सलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। २४ वर्षीय रोजर्सलाई चेल्सीले एस्टन भिल्लाबाट १५ करोड ६५ लाख डलरमा लन्डन ल्याएको हो।

प्रिमियर लिगमा उदयमान फरवार्डका रूपमा उदाएका रोजर्सले चेल्सीसँग सन् २०३३ सम्मका लागि सम्झौता गरेका छन्। नयाँ प्रशिक्षक ज्याभी एलोन्सो क्लबमा आएयता चेल्सीले गरेको यो तेस्रो अनुबन्ध हो। यसअघि चेल्सीले मार्को पलेस्ट्रच र जियाभानी क्वेन्डालाई टोलीमा भित्र्याइसकेको छ।

यसै महिना म्यानचेस्टर सिटीले १५ करोड ५० लाख डलरमा नटिंघम फरेस्टबाट एलिट एन्डरसनलाई भित्र्याएको थियो। प्रिमियर लिगको इतिहासमै सबैभन्दा उच्च स्थानान्तरणको कीर्तिमान भने एलेक्जान्डर इसाकको नाममा छ। लिभरपुलले न्युकासल युनाइटेडबाट इसाकलाई ल्याउन १६ करोड ७० लाख डलर खर्चिएको थियो।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ५३ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ