एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर « Khabarhub

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन रोजर्सलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। २४ वर्षीय रोजर्सलाई चेल्सीले एस्टन भिल्लाबाट १५ करोड ६५ लाख डलरमा लन्डन ल्याएको हो।

प्रिमियर लिगमा उदयमान फरवार्डका रूपमा उदाएका रोजर्सले चेल्सीसँग सन् २०३३ सम्मका लागि सम्झौता गरेका छन्। नयाँ प्रशिक्षक ज्याभी एलोन्सो क्लबमा आएयता चेल्सीले गरेको यो तेस्रो अनुबन्ध हो। यसअघि चेल्सीले मार्को पलेस्ट्रच र जियाभानी क्वेन्डालाई टोलीमा भित्र्याइसकेको छ।

यसै महिना म्यानचेस्टर सिटीले १५ करोड ५० लाख डलरमा नटिंघम फरेस्टबाट एलिट एन्डरसनलाई भित्र्याएको थियो। प्रिमियर लिगको इतिहासमै सबैभन्दा उच्च स्थानान्तरणको कीर्तिमान भने एलेक्जान्डर इसाकको नाममा छ। लिभरपुलले न्युकासल युनाइटेडबाट इसाकलाई ल्याउन १६ करोड ७० लाख डलर खर्चिएको थियो।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ५३ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई