बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना (तस्बिरहरू) « Khabarhub

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना (तस्बिरहरू)


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना गरेको छ ।

जलवायु जनचेतना जगाउन जुटौँ भन्ने नाराका साथ युएन पार्कबाट सुरु भएको दौडको सभापति गगनकुमार थापाले आज बिहान उद्घाटन गरेका छन् ।

ग्रिन रन जावलाखेल पुगेर सम्पन्न हुनेछ । दौड लगत्तै कांग्रेसले जावलाखेल चोक, फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल गर्दैछ ।

सोही स्थलमा सुपरिचित चित्रकारहरुले जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु पेन्टिङ गर्नेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ०५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन