प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त « Khabarhub

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाध्यक्ष ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट बर्खास्त गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले मंगलबार टेलिग्राममार्फत एक सन्देश जारी गर्दै सिर्स्कीको ठाउँमा मिखाइलो द्रापातीलाई युक्रेनी सशस्त्र बलको नयाँ सेनाध्यक्ष नियुक्त गरेको घोषणा गरेका हुन्।

‘मैले युक्रेनी सशस्त्र बलको नयाँ कमान्डर-इन-चिफमा मिखाइलो द्रापातीलाई नियुक्त गर्ने निर्णय गरेको छु। म ओलेक्सान्द्र सिर्स्की र हाम्रा प्रत्येक योद्धालाई फ्रन्टलाइनमा युक्रेनको बलियो उपस्थितिका लागि धन्यवाद दिन्छु,’ जेलेन्स्कीले भनेका छन्, ‘हाम्रो एउटै साझा चाहना हो- शत्रुमाथि विजय हासिल गर्नु र युद्धभूमिमा रसियामाथि यस्तो दबाब सिर्जना गर्नु, जसले उसलाई शान्तिका लागि बाध्य पारोस्। रक्षात्मक यात्रामा ठूलो बाटो तय भइसकेको छ र प्रत्येक योद्धा सम्मानित व्यवहारको हकदार छ।’

किन बर्खास्त भए सेनाध्यक्ष?
गत साता राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई बर्खास्त गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेको थियो। ३५ वर्षीय पूर्वपुस्ताका सुधारवादी नेता फेदोरोभले पदबाट हटाइएलगत्तै सेनाध्यक्ष सिर्स्कीसँगको आफ्नो मतभेद सार्वजनिक गरेका थिए। रुसी आक्रमणविरुद्ध भइरहेको युद्धलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमा उनीहरूबीच मुख्य विवाद रहेको थियो।

फेदोरोभले सेनाध्यक्ष सिर्स्कीमाथि युक्रेनी सेनाको आधुनिकीकरण र सुधारका प्रयासलाई रोकेको गम्भीर आरोप लगाएका थिए।

फेदोरोभको बर्खास्तीपछि युक्रेनभर व्यापक विरोध प्रदर्शन चर्कियो। राजधानी किभसहित विभिन्न सहरमा हजारौँ युवा सडकमा ओर्लिएर सिर्स्कीलाई बर्खास्त गर्न र फेदोरोभलाई पुनः पदमा बहाली गर्न माग गरिरहेका थिए। सुरुमा सेनाध्यक्ष सिर्स्कीको पक्ष लिएका राष्ट्रपति जेलेन्स्की अन्ततः शीर्ष सैन्य अधिकारीहरूसँगको दिनभरको छलफलपछि जनदबाबसामु झुक्न बाध्य भएका हुन्।

को हुन् बर्खास्तीमा परेका सिर्स्की ?
६० वर्षीय ओलेक्सान्द्र सिर्स्की रुसमा जन्मिएका हुन् र उनले सोभियत संघको समयमा मस्कोमै सैन्य तालिम लिएका थिए।

सन् २०२२ मा रुसले राजधानी किभतर्फ गरेको सुरुआती आक्रमण रोक्न र सन् २०२४ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठ गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

‘ओलेक्सान्द्र सिर्स्कीले किभको रक्षा, खार्किभको जवाफी कारबाही र कुर्स्क अप्रेसनमा युक्रेनलाई सफलता दिलाएका हुन्,’ नेतृत्व परिवर्तनको घोषणा गर्दै जेलेन्स्कीले भनेका छन्।

तर, ड्रोन तथा आधुनिक प्रविधिको प्रयोगसहितका सुधारका मुद्दामा पुराना सैन्य रणनीतिमा विश्वास गर्ने सिर्स्कीको सुधारवादीहरूसँग निरन्तर मतभेद रहँदै आएको थियो।

सिर्स्कीको बर्खास्तीसँगै युक्रेनी राजनीतिमा एक सातादेखि जारी नाटकीय घटनाक्रम टुङ्गिएको छ। सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनमा देखिएको यो सम्भवतः सबैभन्दा ठूलो जनप्रदर्शन र राजनीतिक सङ्कट थियो।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १० : ०९ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी