देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ « Khabarhub

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा–३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो ।

यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट खैरो हेरोइनसहित भारतको विहार राज्यको मधुवनी पञ्चायत मधवापुर–५ का २४ वर्षीय राजाकुमार मण्डल, बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरमा सञ्चालन गरिएको घुम्ती पसलबाट गाँजासहित २० वर्षीय सनोज पटेल, हेटौँडा उपमहानगरपालिका–१५ बाट खैरो हिरोइन ३९ वर्षीय आइतमान थिङ,  सोही उपमहानगरपालिका–३ लेवट चोकबाट खैरो हिरोइनसहित २२ वर्षीय रबि स्याङ्तान र २४ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको हो । 

त्यसैगरी, धनकुटाको शहिदभूमि गाउँपालिका–१ पाङ्नामबाट ट्रामाडोल ३० ट्याब्लेटसहित भोजपुर हतुवागढी गाउँपालिका–९ का २३ वर्षीय हिलसन राई, कैलालीको टीकापुर नगरपालिका–८ सत्ति पुलबाट खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–१ का २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत, गौरीगङ्गा नगरपालिका–२ बाट खैरो हेरोइनसहित २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद र रूपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडाबाट खैरो हेरोइनसहित सैनामैना नगरपालिका–१० सालझण्डीका ३१ वर्षीय सन्दीप पुनलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूलाई सम्बन्धित जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको जनाइएको छ । उनीहरू गत सोमबार र मङ्गलबार पक्राउ परेका हुन् ।
 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १२ : ४० बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित