मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव « Khabarhub

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । 

बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाषर्ण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमामनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को हालसम्मको कार्यान्वयन अवस्था र विपद् व्यवस्थापनमा पूर्वतयारीको अवस्थाका बारे जानकारी माग गरिएको छ ।

त्यस्तै विपद्को निःशुल्क एसएमएस पूर्वसूचना पठाउने व्यवस्थाको कार्यान्वयन, पहुँच, स्थानगत उपलब्धता, समय र प्रभावकारिताका बारेमा पनि सरकारलाई प्रश्न गरिएको कांग्रेसका सचेतक पदमबहादुर परियारले जानकारी दिए ।

उनले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा स्पष्ट पार्न र विपदबाट थप संकट आउन नदिन तत्काल सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकोले ध्यानाकर्षण प्रस्ताव पेश गरेको बताए ।

त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उद्धारका लागि तत्काल चाहिने आवश्यक बजेट तथा राहत कोषको अवस्था, वैकल्पिक व्यवस्था र संयन्त्रहरूको प्रबन्ध, विपद्पछि उद्धार, राहत तथा पुनः स्थापनाको तयारी, जोखिम र संवेदनशील क्षेत्र र समुदायको तत्काल सुरक्षाका लागि आवश्यक पूर्वतयारी र समन्वय लगाएका विषय उल्लेख गरिएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : ०६ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्