हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी « Khabarhub

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्ने प्रयास सफल भए त्यसले विश्वव्यापी समुद्री यातायात र अन्तर्राष्ट्रिय समुद्री व्यवस्थाका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन्।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको मनिलामा जारी बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, जहाजबाट शुल्क असुल्ने वा अस्वीकार गर्ने जहाजमाथि आक्रमण गर्ने अधिकार नरहेको स्पष्ट पारे।

उनका अनुसार यस्तो अभ्यासलाई स्वीकार गरिए अन्तर्राष्ट्रिय समुद्री कानून र स्वतन्त्र जलयात्राको आधारभूत सिद्धान्त कमजोर हुनेछन्। इरानले हर्मुज जलघाँटी हुँदै हुने आवागमन नियन्त्रण गर्ने अधिकार दाबी गरिरहेको भए पनि विद्यमान अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाले त्यसलाई मान्यता नदिएको उनको भनाइ थियो।

रुबियोको अभिव्यक्ति अमेरिकी सेन्ट्रल कमान्डले इरानको सैन्य पूर्वाधारमाथि लगातार एघारौँ रातसम्म आक्रमण जारी रहेको जानकारी सार्वजनिक गरेलगत्तै आएको हो। अमेरिकी सेनाका अनुसार ती आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउनु हो।

उनको टिप्पणी दक्षिण चीन सागरमा चीन र आसियानका केही सदस्य राष्ट्रबीच जारी समुद्री विवादका सन्दर्भमा पनि अर्थपूर्ण मानिएको छ। मनिलामा रुबियोको आगमनअघि नै फिलिपिन्स र चीनका जहाजबीच विवादित जलक्षेत्रमा भएको पछिल्लो झडपप्रति अमेरिकाले आलोचना जनाएको थियो।

रुबियोले बुधबार आसियान बैठककै अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै उनले भारत, अस्ट्रेलिया र जापानसहित क्वाड समूहका साझेदार राष्ट्रका प्रतिनिधिसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ।

यसैबीच, रुबियोले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक संवादका लागि अझै खुला रहेको बताएका छन्। तर तेहरानले वार्तालाई गम्भीर रूपमा नलिएको आरोप लगाउँदै उनले इरान इमानदार रूपमा वार्तामा आए अमेरिका पनि सकारात्मक र रचनात्मक संवादका लागि तयार रहने उल्लेख गरे।

उनले इरान वार्ताप्रति गम्भीर नभए अमेरिका र उसका सहयोगी राष्ट्रहरूको हित संरक्षणका लागि आवश्यक सबै कदम चालिने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  २ : १७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको