दोहोरो अंकले घट्यो नप्से परिसूचक « Khabarhub

दोहोरो अंकले घट्यो नप्से परिसूचक


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।  फ्लोट सूचक शून्य दशमलव ७७ अंकले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अंकले घटेर १५९ दशमलव ४३ मा रहेको छ । 

आज विभिन्न कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७७ कम्पनीको सेयर बढ्यो भने १९३ कम्पनीको सेयर घट्यो ।

त्यसैगरी सात कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, गरी एनसीसी डिबेञ्जर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर, एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ३ : ४७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का