स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग « Khabarhub

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ । 

मन्त्रालयले २०८३ साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव पठाउन आग्रह गरेको हो । मन्त्रालयले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्ति वा संस्थाले २०८३ साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेलमार्फत आफ्नो राय तथा सुझाव पठाउन सक्नेछन् । यो सूचना विधायन ऐन, २०८१ को दफा ६ बमोजिम प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।

प्रस्तावित संशोधनमा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई “अध्ययनरत विद्यार्थी” को परिभाषाभित्र समेट्ने व्यवस्था गरिएको छ । साथै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीविरुद्ध हतियारसहितको आपराधिक बल प्रदर्शन गर्न नपाइने नयाँ प्रावधान थप गरिएको छ ।

त्यसैगरी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हुने सुरक्षा उल्लंघनसम्बन्धी व्यवस्थामा अध्ययनरत विद्यार्थीलाई समेत समावेश गरिएको छ। संशोधन प्रस्तावले दण्डसम्बन्धी व्यवस्थामा पनि आवश्यक परिमार्जन गरेको छ । मस्यौदामा मन्त्रालयलाई ऐन तथा नियमावली कार्यान्वयनका लागि आवश्यक निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउन सक्ने अधिकार प्रदान गर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीको सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले ऐन संशोधनको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया