फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल « Khabarhub

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–४ स्थायी ठेगाना भएका अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ।

सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुप शमशेर जबराले उनलाई बैंकिङ कसुरसम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन मुद्दामा पक्राउ गरिएको खबरहबलाई बताए ।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्टसमेत जोडिएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो।

पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।

उनलाई बुधबार नै उच्च अदालत पाटनमा पेश गर्न लगिएको छ। यसअघि उनलाई सीआईबीले नै गत चैत २० गते सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो ।

उनीविरुद्ध त्यसबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान गरिएको थियो । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो । तर उनी चैत २२ गते रिहा भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : ३५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा