आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप « Khabarhub

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । 

बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्दै संस्थापन इतर पक्षले पार्टी मिलाउने मुख्य जिम्मेवारी सभापति गगन थापाको भएपनि आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको बताएका हुन् । 

साथै संस्थापन इतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ । भेलामार्फत आफूहरूले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताए । 

उनले विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा रहेकोले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानजनक एकताको पहल हुन नसकेको बताए । 

उनले कांग्रेस स्थापनाकालदेखि पहिलो पटक प्रतिकूल अवस्थामा पुगेको भन्दै पार्टी मिलाउने जिम्मेवारी अहिलेको नेतृत्वको भएको बताए । खड्काले पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग समर्पण गर्न नसकिने समेत स्पष्ट पारे ।

त्यस्तै पार्टीका नेता डा शेखर कोइरालाले कांग्रेस हुकुमी शासनको हिसाबले चलिरहेको भन्दै  बिना स्पष्टीकरण नेताहरूलाई कारबाही गर्ने कार्य स्वीकार्य नहुने धारणा राखे । पार्टीभित्र एकताको कुनै पहल नगर्दा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सभापतिले नै लिनुपर्ने उनले बताए ।

त्यस्तै कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफूहरूले एकताका लागि प्रयास गरिरहेको भन्दै आफूहरूका माग र सहमतिका आधारहरू स्वीकार नगरे नयाँ बाटो तय गर्नु बाध्यता हुने स्पष्ट पारे  । उनले पार्टी नेतृत्वमा हुनुपर्ने दूरदर्शिता र परिपक्वता सभापति थापामा नरहेको टिप्पणी गरे  ।

त्यस्तै अन्य नेताहरूले सभापति थापा पार्टी कब्जा गर्ने बाटोमा अघि बढेको भन्दै स्वीकार्य नहुने चेतावनी दिएका थिए । उनीहरूले  मुलुक र लोकतन्त्र सङ्कटमा परेको अवस्थामा पार्टीको आन्तरिक एकताका लागि गम्भीर हुन नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : १४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या