दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक « Khabarhub

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ ।

बङ्गलाचुली गाउँपालिका–८ स्थित घोरलभिर भनेर चिनिने पिपली जङ्गलको झाडीमा लुकाइ राखेको अवस्थामा ११ नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसील जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीचौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले आज बिहान ९ बजे जङ्गलका विभिन्न स्थानमा लुकाइ राखेको अवस्थामा १० वटा चालु र एक नाल नचल्ने बन्दुक फेला पारी बरामद गरिएको हो । ती बन्दुक कसले कुन प्रयोजनका लागि राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो । गत सोमबार लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट पनि प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेका थियो । लगातार तीन दिनको अवधिमा जिल्लामा १४ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ९ : २० बजे

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य