विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार « Khabarhub

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका एक युवकलाई समयमै खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ।

सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका-१ घर भई हाल विराटनगर महानगरपालिका-१३ मा डेरा गरी बस्ने ३५ वर्षीय सञ्जीव झालाई बुधबार अपराह्न प्रहरीले जोगाएको हो।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पत्नीसँगको विवादका कारण उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए। घटनास्थलबाट प्रहरीले आगो बा बउन प्रयोग गर्न तयार पारिएको सलाईसमेत बरामद गरेको छ ।

बुधबार अपराह्न करिब ४:३० बजे घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले समयमै हस्तक्षेप गरेका कारण ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ। हाल उद्धार गरिएका झालाई वडा प्रहरी कार्यालयमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

रोजगारीका लागि भारतमा बस्दै आएका झा घटनाको चार दिन अगाडि मात्रै विराटनगर फर्किएका थिए । उनका पत्नी र दुई सन्तान छन् भने पारिवारिक विवादका कारण उनले यो कदम उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १० : १४ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली