इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार सुरुवात गरेको छ ।

लन्डनस्थित एमिरेट्स स्टेडियममा आज बिहान सम्पन्न खेलमा नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका लागि काइ हाभर्ट्ज, बुकायो साका र मार्टिन ओडेगार्डले गोल गरेका थिए । खेलको १५औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, २३औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि ४९औँ मिनेटमा ओडेगार्डले गरेको गोलसँगै आर्सनल ३–० गोलले विजयी भयो ।

यो जितसँगै आर्सनलले नयाँ सिजनको पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ । कोभेन्ट्री सिटीले भने हारबाट लिगको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ७ : ५५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन