जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो « Khabarhub

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ ।

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट आज बिहान अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो ।

संस्थानले पटक–पटक सूचना जारी गरी संरचना आफैँ हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो ।

संस्थानले जनकपुरधामका सातवटा पोखरीको अतिक्रमणसम्बन्धी लगत सङ्कलन गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ । ती पोखरीमा गरिएको अतिक्रमणको विवरण सङ्कलनका क्रममा कतिपय स्थानमा ठूलो मात्रामा र कतिपय स्थानमा सामान्य अतिक्रमण भएको पाइएको प्रमुख झाले बताए ।

उनका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी छन् । पोखरी, मठमन्दिर तथा अन्य गुठीको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले काम गरिरहेको छ ।

समितिले सङ्कलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइएको छ । प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा अतिक्रमणमा परेको अनुमान छ ।

रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको ठानिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १० : ५२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार