कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा « Khabarhub

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र मतभेदको समाधान अदालतको ढोकाबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।

शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रमको उद्‌घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।

उनले विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको उल्लेख गर्दै आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्रीलगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता तथा कार्यकर्ताका लागि अवसर खुला रहेको बताए।

शर्माले राजनीतिक दलहरूको भूमिका सरकार बनाउने, संविधान निर्माण वा संशोधन गर्ने तथा निर्वाचन जित्ने वा हार्नेमा मात्र सीमित हुन नहुने धारणा राखे। दलहरूले सामाजिक न्याय, नागरिकका अधिकार र जनसरोकारका विषयमा पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

यसैबीच, शर्माले बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

गरिमालाई न्यायको माग गर्दै आयोजित प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै उनले घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन माग गरे।

उनले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  २ : ४१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार